FAQs Complain Problems

सूचना तथा समाचार

यसै बाँसगढी नगरपालिकाको अनुदानमा  उल्लेखित विषयको लागि उल्लेखित विधालयहरुमा शिक्षक नियुक्तिको लागि विज्ञापन गरिएको छ।

मिति २०७५/‍०१/३१ गते यस नगरपालिकाका उपमेयर,प्रमुख प्रशासकिय अधिकृत तथा प्राविधिकको टोलिले बाँसगढी नगरपालिका अन्तर्गत वार्ड न. १ चेपाङ्ग स्थित भंगाहामा पानि मिल र वार्ड नं ६ मा निर्माण भैरहेको मन्दिरको अनुगमन तथा निरिक्षण गर्नु भएको छ।

यस बाँसगढी नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका सम्बन्धी पाँच दिने आधारभुत तालिम संचालन भैरहेको छ। उक्त तालिममा हाल सम्म नगर उपप्रमुख शुष्मा चौधरी, प्रमुख प्रशासकिय अधीकृत कमलप्रसाद पौडेल,प्रशासन शाखाका ऋषिराम उपाध्याय लगायतले प्रशिक्षण तालिम दिइसक्नु भएको छ । ऊक्त तालिममा तिस जना महिला दिदी बहिनीको सहभागिता रहेको छ। बैशाख २५ देखि २९ गते सम्म तालिम संचालन हुनेछ ।

बाँसगढी नगरपालिकाको आयोजनामा यस नगरपालिका अन्तर्गत स्वास्थ्य चौकिमा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

आउदै गरेको नव वर्ष २०७५ को स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम नव वर्षको पुर्व सन्ध्यामा यसै नगरपालिकाको कार्यालयमा सञ्चालन गरिएको थियो ।
जसमा यसै नगरपालिकाका नगरप्रमुख,उपप्रमुख,कार्यकारि अधीकृत लगायत अन्य सबै शाखाका कर्मचारिले आउदै गरेको नव बर्षले सम्पुर्ण नगरबासि र उपस्थित सबैमा सुख शान्ति र समृध्दिको कामना गर्नु भएको थियो।

यसै क्रममा आफ्नै गृह जिल्लामा सरुवा हुनु भएकि कृषि शाखाकि अधीकृत म्याम मिरा चौधरिलाइ बिदाइ तथा उहाँको भविष्यको उज्वल कामना सरहरुले गर्नु भएको थियो।

डकर्मी सिप सिक्न चाहने वर्गलाइ लक्षित गरि यस बाँसगढी नगरपालिकाको आयोजना र ग्लोबल फाउन्डेसनको प्राविधीक सहकार्यमा आज मिती २०७४ चैत्र २८ गते नि:शुल्क सिप विकास तालिमको उद्घाटन यस नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत श्री कमलप्रसाद पौडेल ज्यू ले गर्नु भएको छ। यस तालिमको अवधि ६० दिनको रहनेछ र इच्छुक व्यक्तिले भोलि मिती २०७४ चैत्र २९ गते बिहान सम्म समावेश हुन सक्नुहुनेछ। सम्पर्कका लागि :सूचना अधिकारि-शेर बहादुर के.सि. ९८५८०२९७११

Pages