FAQs Complain Problems

सूचना तथा समाचार

बाँसगढी नगरपालिको अत्यन्त जरुरी सूचना

 

यस बाँसगढी नगरपालिका अन्तर्गत छाडा पशु चौपाया जथाभाबी छोड्ने जस्ता कार्य गर्नाले यस नगरपालिका भित्र दिन प्रतिदिन सडक दुर्घटना, फोहोरमैला, तथा नगर क्षेत्र भित्रका किसानहरुले बालीनाली खाई हानी नोक्सानी पुर्याई रहेको हुँदा नगर भित्रका नगरबासी तथा किसानहरु पिडित हुने लगायतका कार्यहरु बढ्दै गएको हुनाले त्यसरी नगर क्षेत्र भित्र छाडा चौपाया छाड्ने ब्यक्ति वा समुहलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिको छ ।

 

नोट:  यस नगरपालिका क्षेत्र भित्र कुनै कसैले आफुँले पालेका पशु चौपाया छाडा छाडेको देखेमा सो व्यक्तिको परिचय खुल्नेगरि यस नगरपालिकामा लिखित तथा मौखिक जानकारी गरायमा सूचना दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत ब्यबस्था गरिनेछ ।

 जानकारी गराउने समपर्क नम्बर:-  ०८४-४००१६१, ९८५८०२९७११, ९८५८०६६६६०

 

                                                                       बाँसगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय

                                                                                   बाँसगढी, बर्दिया

यस नगरपालिकालाई बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि एक जना स्वयंसेवकको अवश्यकता परेकोले सूचनामा प्रकाशित बमोजिमका योग्यता, अनुभव भएका र यस नगरपालिका भित्र स्थायी बसोबास भएका नेपाली नागरिकलाई यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोकसेवा आयोगले निर्धारण गरेको ढाँचामा दरखास्त पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फारम कार्यालयको प्रशासन शाखामा बुझाउनु पर्ने छ । 

सुचना तथा थप जानकरी यसै सूचनामा Attached गरि  राखिएको छ ।

कार्य विवरण नमुना 

:-   समुदाय स्तरमा बहुक्षेत्रीय पोषण योजना अन्तर्गतका क्रियाकलापहरु कार्यान्वयन गर्न मुख्य भुमिका निर्वाह गर्ने । 
:-    विषयगत शाखा÷इकाईहरु संग समन्वयगरी एकिकृत रुपमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्ने । 
:-    बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न पोषण संग सम्बन्धितअन्य कार्यक्रमहरु, गैसस, संचारकर्मी र निजी क्षेत्र संग समन्वयगर्ने । 
:-    पोषणलक्षित, संवेदनशिल र समर्थन बनाउने क्रियाकलापहरु कार्यान्वयनमा सहयोग गर्ने । 
:-    शिक्षा, स्वास्थ्य, खाने पानितथा सरसफाइ, महिला तथा बालबालिका, कृषि तथा पशु सेवा, निति तथा योजना र शुसासन क्षेत्रमा संचालनहुने सम्पुर्ण योजनाहरुलाइ पोषण संवेदनशिल बनाउन भुमिका खेल्ने । 
:-    गर्भवति आमा, प्रजनन् उमेरका महिला र किशोरीहरुमा पोषण सम्बन्धि सचेतना फैलाउने । 
:-    योजना तर्जुमा प्रकृयामा बहुक्षेत्रीय पोषण योजनालाइ मुलप्रवाहीकरण गर्न भुमिका खेल्ने । 
:-    समुदायको परिचालन गरी पोषणलाइ विकासको एजेण्डाको रुपमा स्थापितगर्ने । 
:-    समुदायका सुनौला हजार दिनका आमा र बालबालिका पहिचान गरी परिचालनगर्ने । 
:-    पोषण मैत्री स्थानियतहको परिकल्पनालाइ सार्थकता दिन अहम भुमिका खेल्ने । 
:-    नगर÷गाँउपालिकाले लगाएको अन्य काम गर्ने । 
:-    बहुक्षेत्रीय पोषण योजना जिल्ला संयोजकले लगाएको कार्यक्रम सम्बन्धि अन्य काम गर्ने ।

थप जानकारीको लागि सम्पर्क नम्बर ९८५८०६६६६० मा सम्पर्क गर्नु हुन् अनुरोध छ ।

बाँसगढी नगरपालिका र बिभिन्न सहकारी संस्थाको संयुक्त आयोजनामा मिति २०७५-०३-१५ गते बाँसगढी नगरपालिका वडा नं. ८ लक्ष्मणामा बिहान ८:०० बजे (धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि) भन्ने नारा सहित राष्ट्रिय धान दिवस मनाउन लागिएको हुँदा सम्पूर्ण नगरबासिहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

तेस्राे नगर सभाकाे प्रत्यक्ष प्रसारण हेर्न हाम्राे सामाजिक स‌जाल https://www.facebook.com/bansgadhimun मा क्लिक गर्नु हाेला

Pages