FAQs Complain Problems

बाँसगढी नगरपालिकाकाे आ.व २०७४।०७५को बार्षिक समिक्षा कार्यक्रम

 

बाँसगढी नगरपालिकाकाे अार्थिक बर्ष ०७४।०७५ काे बार्षिक समिक्षा गरीएकाे छ । बार्षिक समिक्षा कार्यक्रममा आर्थिक बर्ष २०७४।०७५ मा सम्पन्न योजना र बजेटका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा बर्ष भरी यस कार्यालयले सम्पन्न गरेका योजना र आर्थिक प्रतिबेदन  प्रमुख प्रशासकिय प्रमुख अम्मर राज खत्रीले प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा वडाका, बिषयगत शाखाका , तथा न पा ले सम्पन्न गरेका कार्यहरु समेत प्रस्तुत गरीएकाे थियाे । कार्यक्रममा प्राप्त सुझावहरुलाइ मध्यनजर गरिने र नगरपालिकाका आयाेजना, कार्यक्रम , तथा सेवाहरु थप प्रभावकारी बनाइने नगर प्रमुखले बताउनु भयाे । कार्यक्रममा जनप्रतिनिधीज्युहरु राजनितिक दल,इलाका प्रशासन कार्यालय प्रमुखज्यु , उद्याेग बाणिज्य स‌ंघ, बिषयगत शाखा, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम नगर  प्रमुखज्यु सालिकराम अधिकारीको अध्यक्षतामा भएको  थियाे भने  सञ्चालन  शेर बहादुर केसीले गर्नुभएको थियो ।

 

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.faceboo..." width="500" height="765" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true" allow="encrypted-media"></iframe>