FAQs Complain Problems

सूचना तथा समाचार

बाँसगढी नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन सुरु गरिएको छ । केही समय अघी बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रवहादुर के सीले अघि भूमि सम्बन्धी समस्या समाधान आयोग सँग आवश्यक कार्यहरु गर्न तथा लगत संकलनका लागि सम्झौता गर्नु भएको थियो ।

सोही अनुसार बाँसगढी नगरपालिकामा पनि लगत संकलन ईकाई स्थापना गरी लगत संकलन थालिएको हो । लगत संकलनका लागि प्रत्येक वडामा ३\३ जना लगत संकलन कर्ता, सामाजिक परिचालक र वडा सदस्य खटिएका छन् । बाँसगढी नगरपालिकामा झण्डै ५ हजार अव्यवस्थित बसोबासी रहेको आंकलन गरिएको छ ।

यस्तै २ हजार भूमिहीन रहेको आंकलन गरिएको छ । फागुन १५ गतेसम्म लगत संकलन कार्य गरी सक्ने गरी लगत संकलनका लागि वडाहरुलाई पनि जिम्मा दिइएको छ । सोही अनुसार बाँसगढी नगरपालिकाको सवै वडाहरुमा लगत संकलन कार्य शूरु भईसकेको छ ।लिरहेको उनले जानकारी दिए ।

 वास्तविक भूमिहीनहरुको लगत संकलनका लागि भुमि सम्बन्धि समस्या सामधान आयोगले स्थानीय तहहरुसँग मिलेर काम गरिरहेको छ । भूमिहीनहरुका लागि आयोगले जग्गाको व्यवस्था गर्ने छ । भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने गरी सरकारले गठन गरेको अधिकार सम्पन्न आयोगले पहिलो चरणमा लगत संकलन कार्य अगाडि बढाएको हो ।

 

Pages