FAQs Complain Problems

स्वयंसेवक आवश्यकता सम्बन्धि सूचना ०७५-०४-१०

यस नगरपालिकालाई बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि एक जना स्वयंसेवकको अवश्यकता परेकोले सूचनामा प्रकाशित बमोजिमका योग्यता, अनुभव भएका र यस नगरपालिका भित्र स्थायी बसोबास भएका नेपाली नागरिकलाई यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोकसेवा आयोगले निर्धारण गरेको ढाँचामा दरखास्त पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फारम कार्यालयको प्रशासन शाखामा बुझाउनु पर्ने छ । 

सुचना तथा थप जानकरी यसै सूचनामा Attached गरि  राखिएको छ ।

कार्य विवरण नमुना 

:-   समुदाय स्तरमा बहुक्षेत्रीय पोषण योजना अन्तर्गतका क्रियाकलापहरु कार्यान्वयन गर्न मुख्य भुमिका निर्वाह गर्ने । 
:-    विषयगत शाखा÷इकाईहरु संग समन्वयगरी एकिकृत रुपमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्ने । 
:-    बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न पोषण संग सम्बन्धितअन्य कार्यक्रमहरु, गैसस, संचारकर्मी र निजी क्षेत्र संग समन्वयगर्ने । 
:-    पोषणलक्षित, संवेदनशिल र समर्थन बनाउने क्रियाकलापहरु कार्यान्वयनमा सहयोग गर्ने । 
:-    शिक्षा, स्वास्थ्य, खाने पानितथा सरसफाइ, महिला तथा बालबालिका, कृषि तथा पशु सेवा, निति तथा योजना र शुसासन क्षेत्रमा संचालनहुने सम्पुर्ण योजनाहरुलाइ पोषण संवेदनशिल बनाउन भुमिका खेल्ने । 
:-    गर्भवति आमा, प्रजनन् उमेरका महिला र किशोरीहरुमा पोषण सम्बन्धि सचेतना फैलाउने । 
:-    योजना तर्जुमा प्रकृयामा बहुक्षेत्रीय पोषण योजनालाइ मुलप्रवाहीकरण गर्न भुमिका खेल्ने । 
:-    समुदायको परिचालन गरी पोषणलाइ विकासको एजेण्डाको रुपमा स्थापितगर्ने । 
:-    समुदायका सुनौला हजार दिनका आमा र बालबालिका पहिचान गरी परिचालनगर्ने । 
:-    पोषण मैत्री स्थानियतहको परिकल्पनालाइ सार्थकता दिन अहम भुमिका खेल्ने । 
:-    नगर÷गाँउपालिकाले लगाएको अन्य काम गर्ने । 
:-    बहुक्षेत्रीय पोषण योजना जिल्ला संयोजकले लगाएको कार्यक्रम सम्बन्धि अन्य काम गर्ने ।

थप जानकारीको लागि सम्पर्क नम्बर ९८५८०६६६६० मा सम्पर्क गर्नु हुन् अनुरोध छ ।

Supporting Documents: