ताजा अपडेट
छाडा चौपाया सम्बन्धमा अत्यन्त जरुरी सूचना ०७५-०४-१६
बाँसगढी नगरपालिको अत्यन्त जरुरी सूचना
यस बाँसगढी नगरपालिका अन्तर्गत छाडा पशु चौपाया जथाभाबी छोड्ने जस्ता कार्य गर्नाले यस नगरपालिका भित्र दिन प्रतिदिन सडक दुर्घटना, फोहोरमैला, तथा नगर क्षेत्र भित्रका किसानहरुले बालीनाली खाई हानी नोक्सानी पुर्याई रहेको हुँदा नगर भित्रका नगरबासी तथा किसानहरु पिडित हुने लगायतका कार्यहरु बढ्दै गएको हुनाले त्यसरी नगर क्षेत्र भित्र छाडा चौपाया छाड्ने ब्यक्ति वा समुहलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिको छ ।
नोट: यस नगरपालिका क्षेत्र भित्र कुनै कसैले आफुँले पालेका पशु चौपाया छाडा छाडेको देखेमा सो व्यक्तिको परिचय खुल्नेगरि यस नगरपालिकामा लिखित तथा मौखिक जानकारी गरायमा सूचना दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत ब्यबस्था गरिनेछ ।
जानकारी गराउने समपर्क नम्बर:- ०८४-४००१६१, ९८५८०२९७११, ९८५८०६६६६०
बाँसगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
बाँसगढी, बर्दिया