ताजा अपडेट
सूचना तथा समाचार
बाँसगढी नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनु भएका लाभग्राहीहरुको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि २०७५ को परिच्छेद २ को दफा ७ को उपदफा (१) बमोजीम नामावली नविकरण गर्ने कार्य भैरहेकोले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आगामी आ. ब.०७६।०७७ लागी २०७५ साल पौष मसान्त सम्ममा आ-आफ्नो वडा कार्यालयमा गइ नामावली नविकरणका लागी निवेदन दिनु हुन अनुरोध छ । अन्यथा नविकरण नगरेमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि २०७५ को परिच्छेद २ को दफा ७ को उपदफा (२) बमोजीम नविकरण नगर्ने लाभग्राहीहरुले आगामी आर्थिक बर्षमा भत्ता पाउने छैनन् भनी उल्लेख भएको हुँदा सोही बमोजिम भैजाने ब्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
बाँसगढी नगरपालिकाकाे अार्थिक बर्ष ०७४।०७५ काे बार्षिक समिक्षा गरीएकाे छ । बार्षिक समिक्षा कार्यक्रममा आर्थिक बर्ष २०७४।०७५ मा सम्पन्न योजना र बजेटका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा बर्ष भरी यस कार्यालयले सम्पन्न गरेका योजना र आर्थिक प्रतिबेदन प्रमुख प्रशासकिय प्रमुख अम्मर राज खत्रीले प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा वडाका, बिषयगत शाखाका , तथा न पा ले सम्पन्न गरेका कार्यहरु समेत प्रस्तुत गरीएकाे थियाे । कार्यक्रममा प्राप्त सुझावहरुलाइ मध्यनजर गरिने र नगरपालिकाका आयाेजना, कार्यक्रम , तथा सेवाहरु थप प्रभावकारी बनाइने नगर प्रमुखले बताउनु भयाे । कार्यक्रममा जनप्रतिनिधीज्युहरु राजनितिक दल,इलाका प्रशासन कार्यालय प्रमुखज्यु , उद्याेग बाणिज्य संघ, बिषयगत शाखा, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम नगर प्रमुखज्यु सालिकराम अधिकारीको अध्यक्षतामा भएको थियाे भने सञ्चालन शेर बहादुर केसीले गर्नुभएको थियो ।
<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.faceboo..." width="500" height="765" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true" allow="encrypted-media"></iframe>
तलको लिंकमा क्लिक गर्नु हाेला
फोटो फाइल हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेला
https://www.facebook.com/pg/municipalitybansgadhi/photos/?tab=album&album_id=241317659856509
फाेटाे हेर्न तलकाे लिंकमा क्लिक गर्नु हाेला
https://www.facebook.com/media/set/?set=ms.c.eJw9UssNREEI6mgz~%3Bp3~_G9s...