FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण सम्बन्धमा ।

 बाँसगढी नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनु भएका लाभग्राहीहरुको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि २०७५ को परिच्छेद २ को दफा ७ को उपदफा (१) बमोजीम नामावली नविकरण गर्ने कार्य भैरहेकोले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आगामी आ. ब.०७६।०७७ लागी २०७५ साल पौष मसान्त सम्ममा आ-आफ्नो वडा कार्यालयमा गइ नामावली नविकरणका लागी निवेदन दिनु हुन अनुरोध छ । अन्यथा नविकरण नगरेमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि २०७५ को परिच्छेद २ को दफा ७ को उपदफा (२) बमोजीम नविकरण नगर्ने लाभग्राहीहरुले आगामी आर्थिक बर्षमा भत्ता पाउने छैनन् भनी उल्लेख भएको हुँदा सोही बमोजिम भैजाने ब्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।