“सुन्दर, हरियाली र सफा सहर, समृद्ध र समुन्नत बाँसगढी नगर”

header AD
All wards
आधारभूत जानकारी
श्री जयराज पाण्डे
9858081301
ward1@bansgadhimun.gov.np
बाँसगढी नगरपालिका वडा नं १ चेपाङ
Ward statistics
Population 2343
Households 625
Area 38.74
संक्षिप्त विवरण (Short Description)
कोहलपुर देखि ३२ कि.मि उत्तर र सुर्खेत देखि ४८ कि.मि दक्षिणमा रहेको यस बाँसगढी नगरपालिका वाड नं. १ पुर्वमा सल्यानको कालिमाटि गाFउ पालिका, पश्चिममा रत्नराजमार्ग सगं जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा हर्रे डाडा र दक्षिणमा बाँकेराष्ट्रिय निकुञ्जको देउराली डाडा यसको सिमाना रहेको छ । दाङ्गबाट आउने बबई नदिको किनारमा रहेको यस ठाउ पर्यटकिय क्षेत्रको रुपमा रहेको छ । चारैतिर डाँडा रहेको यो बबई उपत्यका चेपाङ्ग भनेर चिनिन्छ । यहाको मुख्य पेसा कृषि, पशुपालन र व्यापार व्यवसाय नै हो । यहाँआजसम्म पनि भुमि स्वमित्व विहिन छन । यो वडा नै पुर्ण जङगलाद ऐलानी रहेको छ ।
२०२४ सालको पञ्चायती व्यवस्थाको समयमा शाहि बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुनु अगावैयो रत्नराजमार्गको तलतिरको बस्ति र माथितिरको बस्तिलाई सानोश्री गाउँ पञ्चायतको नामले चिनिन्थ्यो । रत्नराजमार्गको तलतिरको बस्तिलाई व्यवस्थापन गरी सो स्थानलाई निकुञ्ज स्थापित गर्नको निमित्त त्यस बस्तिका बासिन्दाहरुलाई १५ महिनासम्म अर्को ठाउँमा स्थानान्तर नहुन्जेलसम्म रासन पानीको समेत व्यवस्था गरेको थियो । १५ महिनाको अवधि पश्चात २०३२ सालमा रत्नराजमार्गको तलतिरको सानो श्री गाउँ पञ्चायतको नामले परिचित बस्तिलाई हालको ताराताल नामलेप्रख्यात अर्थात हालकोमधुवन नगरपालिका भन्नेठाउँमा बस्ति ब्यबस्थापन गरिएकोथियो। त्यस पछि बस्ति उठाएर उक्त ठाउमा शाहि बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना गरियो । रत्नराजमार्गको माथितिरको बचेको सानो श्री पञ्चायतको केहि बस्तिलाई २०४२÷२०४३ सालमा वेलवा पञ्चायतको वडा नं. ०७ को (ख) मा गाभिएको थियो । रत्न राजमार्गको तलतिरको बस्ति व्यवस्थापन हुँ दाखेरी त्यतीखेरकोश्री लक्ष्मी प्रा.वि लाई छुटेकोरत्न राजमार्गकोमाथितिरकोबस्तिमा स्थापित गरिएकोथियो । त्यस पछि २०४६ सालको जनआन्दोलन पश्चात वेलवा गाउँ पञ्चायतलाई परिमार्जित गरी वेलवा गा.वि.स. नामांकन गरियो । त्यस पछि वेलवा गा.बि.स को वडा नं. ०७ ख को रुपमा स्थापित गरिएको थियो । धेरै लामो समयसम्म भेरिगंगा नगरपालिका पर्ने गेरुवानिकोश्री जनता प्रा.वि. पनि बर्दिया जिल्ला शिक्षा कायार्लय मार्फत चलेको थियो । २०५४ सालमा यस बस्तिमा मध्यवर्तिक्षेत्रको पनि घोषणा भयो । ०६२÷०६३ को जनआन्दाले न पश्चात २०६४ सालमा पछि २०७० साल तिर बाँसगढी नगरपालिका घोषणा भयो त्यस पछि पनि यो ठाउ बाँसगढी नगरपालिकाको वाड १ को आधा भाग हुन पुग्यो र पछि संघियताको कार्यान्वयन संगै यो १ नं. वडा अलग्गैहुन पुग्यो
नक्शा दृश्य (Map View)
Ward map