FAQs Complain Problems

वडा नं ९

बाँसगढी नगरपालिका वडा नं ९ साविकका गा वि स २,३ र ४   मिलेर वनेको वडा हो । यस वडा कार्यालय २८°२७'१४३'' उत्तरी अक्षांस ८१°४६'१५''  पुर्वि देशान्तर र समुन्द्रि सतह देखि १५८.९३ M उचाइमा रहेको छ । यस वडा कार्यालय मिति २०७४ साल श्रावण ०९ गते उद्घाटन गरीएको हो । 

यस वडा अन्तर्गत ठुला गाँउहरुमा माछागढ वजार, थुमनी गाँउ, शान्ती नगर, दुर्गाफाँटा गाँउ, पहाडीपुर, खैरेनी टोल, वड्का गाँउ, दक्षिण टोल, तारैया गाँउ, कुइनेठी, चिसापानी टोल, मोहनपुर गाँउ अदी पर्दछन ।

 

यस वडाको सिमाना पूर्वमा शुभकामना पेट्रोल पम्प, घर, पश्चिममा ग्याङ नदी, उत्तरमा वर्दिया राष्ट्रिय निकुन्ज, र दक्षिणमा तोरैया गाँउमा रहेको जङ्गलको सिमाना पर्दछ । वर्दिया राष्ट्रिय निकुन्जले उत्तर भुभागमा छोएको यस वडामा प्राय गरेर थारु, नेपाली, मधेसी आदि भाषा प्राय वोल्ने गरिन्छ । यस वडा क्षेत्रमा वढि जसो थारु जातिको वाहुल्यता छ ।

 

यस वडा अन्तर्गतका सामुदायिक वनहरु शितल मध्यवर्ति सामुदायिक वन थुमनी, वेलघारी मध्यवर्ति सामुदायिक वन, नवदुर्गा मध्यवर्ति सामुदायिक वन पहाडीपुर, जनप्रिय सामुदायिक वन माछागढ, जनकल्याण मध्यवर्ति सामुदायिक वन चिसापानी टोल, हजारी सामुदायिक वन हजारी टोल, प्रगतिशिल सामुदायिक वन चिसापानी टोल, हिमशिखर सामुदायिक वन कुइनेठी, जिवन ज्योति सामुदायिक वन दक्षिण टोल, चित्लवा सामुदायिक वन तोरैया  आदी रहेका छन ।

 

यस वडा अन्तर्गतका संघसस्थाहरुमा लालिमा महिला वचत तथा ऋण सहकारी संस्था लि माछागढ, परोपकार प्रतिज्ञा कृषि सहकारी संस्था लि माछागढ, जनजागरण सहकारी संस्था लि कुइनेठी आदी पर्दछन ।

यस वडामा मा वि विद्यालयमा लाली गूँरास मा,वि माछागढ मात्र एक मात्र विद्यालय रहेको छ । प्रा वि विद्यालयहरुमा बाल कल्याणा प्रा वि थुमनी, मुक्त कमैया प्रा वि शान्तीनगर, कालीगण्डकी प्रा वि तोरैया, विश्वज्योति प्रा वि कुइनेठी रहेका छन । सिचाइका निमित्त बबै सिचाइ आयोजना रहेको छ ।

 

 

 

 

 

 

Nepali
Ward Contact Number: 
9858029741

वडा पदाधिकारी

जयवहादुर चन्द ठकुरी
वडा अध्यक्ष
9858030148