योजना तथा परियोजना

बाँसगढी नगरपालिका वडा नं ८ काे कार्यालय

Nepali

बाँसगढी नगरपालिका वडा नं ८ साविकका गा वि स ५,७ र ९   मिलेर वनेक वडा हो । यस वडा कार्यालय २८°२५'९५'' उत्तरी अक्षांस ८१°४९'५८''  पुर्वि देशान्तर र समुन्द्रि सतह देखि १४५.५७ M उचाइमा रहेको छ । यस वडा कार्यालय मिति २०७४ साल श्रावण २६ गते उद्घाटन गरीएको हो । 

यस वडा अन्तर्गत ठुला गाँउहरुमा ककौरा वजार, लक्ष्मणा चोक, भैसासुर गाँउ, वेलौली गाँउ, दाङपुर गाँउ, रेशमपुर गाँउ, जनैया गाँउ, जुरैना गाँउ, वनगौडी, खैरापुर गाँउ आदी पर्छन । यस वडाको सिमाना पुर्वमा निर्मलप्रकाश सुवेदिको घर, पश्चिममा शुभकामना पेट्रोल पम्प, उत्तरमा बेलौली कोल्डाडा र दक्षिणमा लक्ष्मणा चमरदैया टोल पर्दछ । वर्दिया राष्ट्रिय निकुन्जले उत्तर भुभागमा छोएको यस वडामा प्राय गरेर थारु, नेपाली, मधेसी आदि भाषा प्राय वोल्ने गरिन्छ । यस वडा क्षेत्रमा वढि जसो थारु जातिको वाहुल्यता छ ।

२०६८ को जनगणना अनुसार यस वडामा घरधुरी संख्या १३८५ रहेको छ । २०६८ सालक} जनगणना अनुसार यस वडाको कुल जनंख्या ६१८३ मध्य महिला ३२८० र पुरुष २९०३ रहेको छ ।

यस वडा अन्तर्गतका सामुदायिक वनहरु नवदुर्गा सामुदायिक वन लक्ष्मणा, रामजानकी सामुदायिक वन ककौरा, फुलवारी सामुदायिक वन रियारपुर, खड्गदेवि सामुदायिक वन भैसासुर, रियारपुर मध्वर्ति सामुदायिक वन रियारपुर, दाङपुर मध्वर्ति सामुदायिक वन दाङपुर, प्रगतिशिल मध्वर्ति सामुदायिक वन वेलौली, पौरखी मध्वर्ति सामुदायिक वन बेलौली, नवप्रभात मध्वर्ति सामुदायिक वन वेलौली, गायत्रि मध्वर्ति सामुदायिक वन बेलौली रहेको छ भने विशुद्द महिला सदस्यहरु मात्र रहेको सृजना मध्वर्ति सामुदायिक वन बेलौली रहेको छन ।

 

यस वडा अन्तर्गतका संघ सस्थाहरुमा सानाकिसान कृषि सहकारी संस्था लि लक्ष्मणा, प्रभात कृषि सहकारी संस्था लि लक्ष्मणा, नयाँ कृषि अभियान कृषि सहकारी संस्था लि ककौरा, स्वालम्वन वचत तथा ऋण सहकारी संस्था लि ककौरा, फुलवारी मध्यवर्ति कृषि सहकारी संस्था लि बेलौली, जनप्रिय दुग्ध उत्पादन सहकारी संस्था लि ककौरा, जनज्योती वहुउद्देश्यिय कृषि सहकारी लि ककौरा आदी पर्दछन ।

यस वडामा वर्दिया वहुमुखि क्याम्पस एक मात्र क्याम्पस रहेको छ । मा वि विद्यालयमा त्रिभुवन मा वि ककौरा, रामजानकी मा वि भैसासुर, पुर्णहिरा मा वि लक्ष्मणा रहेका छन । प्रा वि विद्यालयहरुमा जनज्योति प्रा वि बेलौली मात्र रहेको छ । निजि विद्यालयहरुमा बालज्योती एकेडेमी ककौरा, मातृभुमि सामुदायिक विद्यालय जुरैना , लक्ष्मणा इन्ग्लिस मिडियम वोर्डिङ्ग स्कुल लक्ष्मणा र बेलौली इन्ग्लिस मिडियम वोर्डिङ्ग स्कुल बेलौली रहेका छन ।

यस वडामा २ वटा खोप केन्द्रहरु ककौरा खोप केन्द्र, दाङपुर खोप केन्द्र रहेका छन । यस वडामा अस्थाइ प्रहरी चौकी ककौरा र अस्थाइ प्रहरी चौकी लक्ष्मणामा अवस्थित रहेको छ ।

सिचाइका निमित्त बबै सिचाइ आयोजना, र रेउखोला सिचाइ आयोजना रहेको छ ।

 

यस वडामा वडा सचिव उषा पुन हुनुहुन्छ भने वडा अध्यक्ष तुलप्रसाद गाैतम हुनुहुन्छ ।

 

 

 

 

 

Image: