यहाँलाई हाम्रो यस बाँसगढी नगरपालिकाको आधिकारिक वेबसाइटमा स्वागत छ।                  सुचना अधिकारि: शेर बहादुर के.सि.,९८५८०२९७११

संक्षिप्त परिचय

बर्दिया नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको दक्षिा पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रूपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ । कुल क्षेत्रफल २०२५ वर्ग किलोमि छ । मध्ये अधिकांस भूभाग (६८.७६५) तराईको समतल जमिनले ओगटेको छ भने बाँकि भाग (३१.२७५) चुरे पर्वत पर्दछ । पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ ।